Rule 16
नाप तौल र नाप्ने तौलने यन्त्र जफत र रोक्का गर्ने
(१) देहायको अवस्थामा नाप तौल वा नाप्ने तौलने यन्त्र जफत गर्न वा त्यसबाट गरिने कारोबार रोक्का गर्न सकिनेछः–
(क) कीर्ते वा त्रुटिपूर्ण भएको,
(ख) छलकपट गरी प्रयोग गरिएको,
(ग) टाँचा नलगाइएको,
(घ) कीर्ते टाँचा लगाइएको वा एक अर्कोको टाँचा सारिएको वा
(ङ) नियम १० को उपनियम (१) र उपनियम (३) बमोजिम नभएको ।
(२) उप–नियम (१) बमोजिम जफत वा रोक्का गरिएका नाप तौल र नाप्ने तौलने यन्त्र अदालतमा पेश गर्न आवश्यकता नभएमा रोक्का वा जफत गरेको एक महीनापछि नियन्त्रकले दिएको निर्देशन बमोजिम गर्नुपर्छ ।